सुदूरपश्चिममा एकैदिन पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदूरपश्चिम भित्रिएका छन्।
सुदूरपश्चिममा विभिन्न नाका भएर आज भित्रिएका कुल ५३२ जना मध्ये १८६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।