अपहरित बालकको सकुशल उद्धार, तीजना पक्राउ

बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो ।

अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए । पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादव छन् ।

मोरङकै भाथीगछ पुर्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो ।
 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ७:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया