बेरोजगारी झन् बढ्ने आइएलओको अनुमान

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिस बेरोजगार बन्ने देखाएको हो । 

सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको हो । सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिक आउनेछन् । जसकारण बेरोजगारी दर विगतभन्दा पनि धेरै अर्थात् ५.२ प्रतिशतसम्म पुग्न सक्नेछ । 

सन् २०२३ मा यस्तो दर ५.१ प्रतिशत मात्रै थियो । आइएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भए पनि श्रम बजारमा आश्चर्यजनकरूपमा लचिलो भएको र बहुपक्षीय संकटहरू देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको जनाएको छ । 

सन् २०२४ मा २० धनी राष्ट्रमा समेत खर्च योग्य आयमा गिरावट आउने आइएलओको दाबी छ । ‘उच्च र निम्न आय भएका देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो,’ आइएलओले भनेको छ, ‘२०२३ मा उच्च आय भएको देशमा ४.५ प्रतिशत बेरोजगारदर थियो भने निम्न आय भएको देशमा बेरोजगार दर ५.७ प्रतिशत थियो ।’

यो वर्ष काम गर्ने गरिब श्रमिक बढ्ने आइएलओको दाबी छ । सन् २०२३ मा दैनिक २.१५ डलरभन्दा कम कमाउने कामदारको संख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलरभन्दा कम कमाउने श्रमिकको संख्या ८४ लाख पुगेको थियो ।  





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १०:३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया