कमल थापाको माग : पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा अंकित गरौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनःस्थापना हुन नसक्ने बताएका छन् । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरू बीचको वृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्न सकिने बताएका हुन् । 

२०३ औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दललाई आग्रह गरे ।

कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सके मात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाइ छ । उनले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यसरूपमा हेर्न नहुने पनि बताए । 

थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न पनि सरकारसँग माग गरे । 



उनले पृथ्वीजयन्ती नेपालको गौरव र शानसँग सम्बन्धित भएको दाबी गर्दै यसलाई राजकीय सम्मानका साथ बनाउनुपर्ने तर्कसमेत गरे । 



  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १८:३१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया