मृत भेटिइन् पेरुकी पोर्न स्टार थैना

पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् ।

उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौँमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिएकी हुन् । थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् ।

थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरवार्ता थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका छन् ।
८ महिना अघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गरेकी थिइन् । 

‘मैले एडल्ट कन्टेन्ट बनाउन सुरु गरेपछि मलाई उद्योगमा यौन उत्पीडन र दुव्र्यवहार गरियो । सुरुमा त कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोचे । तर म घर आएँ, नुहाएँ र रुन थालें । यस्तो ममाथि कैयौं पटक भयो । जब समाज साँच्चै फोहोरले भरिएको छ भने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो’, उनले भनेकी थिइन् । 





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार ८:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया