न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले शनिबार प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन् । आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए । 

लामो समयपछि एक निजी समारोहमा विवाह गरेका हुन् । सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४०औँ प्रधानमन्त्री बनेकी थिइन् ।

न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो । आर्डर्न र गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए । 

पूर्वप्रधानमन्त्री आर्डर्न र उनका प्रेमी गेफोर्ड २०१४ देखि सँगै छन् । करिब पाँच वर्षपछि उनीहरुले इन्गेजमेन्ट गरेका थिए । उनीहरुले सन् २०२२ मा विवाह गर्ने निर्णय गरेका थिए । 

आर्डर्नले कोरोना महामारीको अवधिमा मुलुकका लागि धेरै महत्वपूर्ण निर्णय लिएकी थिइन्, जसका कारण उनको कामको पनि प्रशंसा भएको थियो । प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई पनि जन्म दिइन् । आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर गएकी थिइन् । आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।
 





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार १९:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया