चीनको कोइलाखानीमा विस्फोट, १० कामदारको मृत्यु

चीनको हेनान प्रान्तको एक कोइलाखानीमा भएको दुर्घटनामा १० कामदारको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता भएका छन् । राज्य प्रसारक सिसिटिभीले शुक्रबार दिउँसो २ः ५५ बजे पिंगडिङशानमा दुर्घटना भएको शनिबार मात्रै जनाएको हो । कोइला र ग्यास विस्फोटका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

सरकारी सञ्चारमाध्यम ‘चाइना डेली’ले स्थानीय अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा १० जनाको मृत्यु भएको जनाएको छ । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा दुर्घटना भएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनाको समयमा खानीमा ४ सय २५ जना काम गरिरहेका थिए, जसमध्ये ३ सय ८० जनालाई बाहिर निकालिएको छ ।

उद्धार कार्य जारी छ । खानी इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चीनमा खानीमा काम गर्ने क्रममा दुर्घटना हुनु सामान्य घटनाजस्तै छ । तर, पछिल्लो समय मृत्यु हुनेको संख्या बढेको छ । चीन विश्वको सबैभन्दा ठूलो कोइला उत्पादक र उपभोक्ता राष्ट्र हो ।
 





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार २३:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया