कोलम्बियामा भीषण पहिरो : ३३ जनाको मृत्यु

उत्तरपश्चिमी कोलम्बियामा शुक्रबार गएको भीषण पहिरोमा परी कम्तीमा ३३ जनाको मृत्यु हुनाका साथै थुप्रै घाइते भएका छन् । 

चोकोको राजधानी क्विब्डो र एन्टिओकियाको राजधानी मेडेलिन बीचको सडकमा पहिरो खस्दा थुप्रै मानिस र सवारीसाधन त्यस क्षेत्रमा फसेको कोलम्बियाका उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले ट्विटरमा उल्लेख गरेकी छन् । 

कम्तीमा ३५ जना घाइतेलाई विभिन्न अस्पतालमा लगिएको पनि राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन एकाइले विज्ञप्तिमा जनाएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनालाई ‘भयानक त्रासदी’को रूपमा वर्णन गर्दै प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न अधिकारीहरूलाई सक्दो प्रयास गर्न आग्रह गरेकी छन् ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार दुर्घटना हुनुअघि अचानक पहिरोले पुरिएको घरमा करिब ५० जना मानिस भीषण वर्षाबाट जोगिन आश्रय लिएका थिए ।

उद्धार कार्य जारी रहेकाले पीडितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार ७:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया