पाकिस्तानमा आतंकवादीसँगको भिडन्तमा पाँच सैनिकको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंकवादीसँगको भिडन्तमा पाँच सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको मिडिया विंग इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले केच जिल्लाको बुलेदा क्षेत्रमा सुरक्षा बलले अपरेसन गरेको जनाएको छ ।

यस क्रममा आतंककारीले सुरक्षा बलको गाडीलाई इम्प्रोभाइज्ड विस्फोटक उपकरणले विस्फोट गराए । यसपछि दुवै पक्षबीच गोली हानाहान सुरु भएको थियो । सुरक्षाकर्मीहरूले तुरुन्तै गोलीबारीको जवाफ दिए । 

सुरक्षाकर्मीको आक्रमणमा तीन आतङ्ककारी मारिए । अन्य आतंककारीलाई हटाउनको लागि उक्त क्षेत्रमा अपरेसन चलिरहेको छ । 





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार ११:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया