माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने– ‘१५ मार्चअघि आफ्ना सेना फिर्ता लैजाऊ’

चीनबाट फर्किएलगत्तै माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मुइज्जुले १५ मार्चअघि भारतीय सेना फिर्ता बोलाउन भारतलाई आग्रह गरेका छन् । भारतविरोधी छविकै कारण चुनाव जितेका उनले बेइजिङबाट फर्किएपछि भने सानो देश भए पनि आफूलाई कसैले डराउन नसक्ने टिप्पणी गरे ।

माल्दिभ्सस्थित भारतीय उच्च आयोगका अधिकारी र मालेमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको भेटपछि उनको सो टिप्पणी आएको हो । माल्दिभ्सको राष्ट्रपति कार्यालयका नीति निर्देशक अब्दुल्ला नाजिमले राष्ट्रपति मुइज्जुलेमाल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्ने प्रस्ताव राखेका बताए ।

‘बैठकमा राष्ट्रपतिले मार्च १५ अघि भारतीय सेना फिर्ता गर्ने प्रस्ताव राखेका थिए । सरकार, राष्ट्रपति कार्यालय र राष्ट्रपतिले बैठकको एजेन्डाका लागि यो मिति प्रस्ताव गरेका छन्। अहिले छलफल भइरहेको छ,’ नाजिमलाई उद्धृत गर्दै अहाधु पत्रिकाले लेखेको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार नाजिमले भारतीय सेनाहरू माल्दिभ्समा बस्न सक्दैनन् रजनताहरूले पनि यही चाहेको उल्लेख गरेका छन् । मुइज्जुको पार्टीको मुख्य अभियान माल्दिभ्सबाट भारतीय सेना हटाउनु थियो ।

हाल माल्दिभ्समा डोर्नियर २२८ समुद्री गस्ती विमान र दुई हेलिकोप्टरको साथ लगभग ७० भारतीय सेना तैनाथ छन् । कार्यभार सम्हालेको दोस्रो दिन मुइज्जुले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्न भारत सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेका थिए । 

गत वर्षको डिसेम्बरमा राष्ट्रपति मुइज्जुले भारत सरकारसँगको वार्तापछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको दाबी गरेका थिए ।





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १०:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया