पाकिस्तानमा चुनाव चिन्ह विवादका कारण निर्वाचन मिति सर्नसक्ने

पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिन्ह परिवर्तन गर्ने आदेश आइरहने हो भने ८ फेब्रुअरीमा तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ ।

कुनै पनि अदालतको नाम उल्लेख नगरिकन निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा विभिन्न फोरममार्फत् चुनाव चिन्ह परिवर्तन भइरहेको उल्लेख गरेको छ । निर्वाचन चिन्ह वितरणपछि तीन वटा मुद्रण संस्थानलाई मतपत्र छपाइको आदेश दिइसकेको र एक दिनअघि नै मतपत्र छपाइको काम सुरु भइसकेको आयोगले जनाएको छ ।

आयोगले भनेको छ,  ‘निर्वाचन चिन्ह परिवर्तन गर्ने क्रम यसरी नै चलिरहने हो भने मतपत्र पुनः मुद्रण गर्नुपर्ने भएकाले निर्वाचनमा ढिलाइ हुने डर छ, यसका लागि समय सीमित भइसकेको छ भने अर्कोतर्फ मतपत्रका लागि उपलब्ध विशेष कागज पनि गुम्ने छ ।’ 

सन् २०१८ को आम निर्वाचनमा ११ हजार ७ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा आगामी आम निर्वाचनका लागि उम्मेदवारको सङ्ख्यामा १८ हजार ५९ जना अर्थात् ३३ प्रतिशत बढी उम्मेदवारले भाग लिने आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन चिन्ह परिवर्तन गर्ने प्रवृत्ति नरोकिने हो भने त्यस्ता निर्वाचन क्षेत्रमा निर्वाचन सार्नुको विकल्प छैन भन्ने पनि विचार गरिएको छ ।’ निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ) ले उम्मेदवारलाई दिइएको चुनाव चिन्ह परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो ।

आयोगका प्रवक्ता सैयद नदीम हैदरका अनुसार निर्वाचन आयोगले प्रान्तीय निर्वाचन आयुक्त, डीआरओ र आरओलाई यो चरणमा चुनाव चिन्ह परिवर्तन नगर्न र आवश्यक परेमा यसको लागि अनुमति लिन निर्देशन दिएको छ ।  





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १३:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया