मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् । संविधान निर्माण भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए ।

बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठूला–ठूला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए । ‘मुलुकमा यति ठूलो राजनीतिक परिवर्तनपछि हामीले ठूलो संघर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबीच सहकार्य र एकता आवश्यक हुन्छ ।’ 

उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए ।  





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १०:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया