रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन, पहिला अर्थतन्त्रलाई लयमा ल्याउन जरुरी छ : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोच गलत भएको प्रतिक्रिया दिएका छन् । रेमिट्यान्सले मात्र देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए ।

बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विकासका आधारका रुपमा रेमिट्यान्सलाई ‘इनपुट र ट्याक्स रेभिन्यु’ लाई लिएर अगाडि बढ्न खोजेमा त्यसले देशलाई वास्तविक दिशातिर लैजान नसक्ने बताए । उनले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोचले देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए ।

‘पहिला अर्थतन्त्रलाई लयमा ल्याउन जरुरी छ । त्यो दिशामा हामी काम गरिरहेका छौँ । विकासका आधारका रुपमा  रेमिट्यान्स इनपुट ट्याक्स रेभिन्यु जस्ता कुरालाई मात्र हामीले विकासका आधार बनाएर अगाडि बढ्न खोज्यौँ भने त्यसले देशलाई वास्तविक दिशातिर लैजान सक्दैन,’ उनले भने,‘हामीलाई अहिले रेमिट्यान्सले ठूलो योगदान पुर्याएको छ । तत्कालै हामीले वैदेशिक रोजगारीलाई रोक्न सकिहाल्ने अवस्था छैन । तर प्रवर्द्धन गरेर रेमिटेन्सकै आधारमा अर्थतन्त्र धान्छु भनेर सोच्ने हो भने देश कहिले पनि स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकासमा पुग्दैन भन्ने कुरामा हामी गम्भीर हुन जरुरी छ ।’

उनले ऊर्जा क्षेत्रमा नीति निर्माण र योजना बनाएर अगाडि बढ्न सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताए । उनले नीति नियम परिमार्जन गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको र ऊर्जा क्षेत्रको विकास भने प्रभावकारी ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए ।  





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १२:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया