नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युत मात्रै हो : अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भए मात्रै मुलुक समृद्ध हुने बताएका छन् । बिहीबार इप्पानको २४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउनको लागि जलविद्युत विकास पहिलो भएको बताए । 

उनले सरकारले १० वर्षमा २८ हजार भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्न ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत भएको दाबी गरे । उनले बैंक तथा वित्तीय क्षेत्रले पनि जलविद्युतमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले १० वर्षमा २८ हजार बढी विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उनले त्यसका लागि नेपाल भित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए । 

सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि ऊर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रूपमा विकास गरी सबै काम ऊर्जा मन्त्रालयबाट गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए । ऊर्जा क्षेत्रका सबै काम ऊर्जा मन्त्रालयबाट नै हुने गरी ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले सरकारले जलविद्युत क्षेत्रका लागि धेरै खालका नीतिगत सुधारहरू गर्नुपर्नेमा जोड दिए । जलविद्युत उत्पादनका लागि झन्झटिला नीति र कार्यविधिहरूलाई सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल हुनसक्ने दाबी उनको छ । 

उनी भन्छन्,‘सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएर हिँड्ने हो भने ऊर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रूपमा विकास गरी सबै काम ऊर्जा मन्त्रालयबाट गर्न सक्ने वातावरण बनाउन आवश्यक छ । धेरै खालका नीतिगत सुधारहरू गर्नुपर्छ । जलविद्युत उत्पादनका लागि झन्झटिला नीति र कार्यविधिहरू छन् । तिनीहरूलाई सरकारले सुधार गरेर लैजानुपर्छ ।’

अध्यक्ष कार्कीले अबको १० वर्षलाई ऊर्जा दशक घोषणा गर्न माग गरे । उनले पछिल्लो समय जलविद्युत उत्पादनमा विभिन्न खालका समस्या रहेकाले कम्पनीहरूको आम्दानी समेत घट्ने अवस्थामा रहेको बताए ।  





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १४:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया