एकल अंकले घट्यो नेप्से, आठ अर्ब बढिको कारोबार

सेयर बजार परिसुचक नेप्से आज(बिहीबार) एकल अंकले घटेको छ । बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो । 

आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । 

यसदिन फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको सेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको सेयर उच्च गिरावट आएको छ । आज तेह्रथुम पावर कम्पनीको सेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । 

समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज २ करोड ११ लाख कित्ता सेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १५:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया