धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौलालाई सदस्य तोकिएको छ । निरौला विज्ञका रुपमा समितिको नियुक्त गरिएको हो ।

गत पुस २० गते रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ । बोर्डको अध्यक्ष पदमा आधा दर्जन बढी आकांक्षी छन् ।

धितोपत्र बोर्ड ऐनको दफा ७ बमोजिम उक्त समिति गठन भएको हो । समितिले कार्यविधि बनाइ विज्ञापन प्रकाशित गर्नेछ । 

आवेदन दिनेमध्येबाट तीनजना छनोट गरी सरकारलाई सिफारिस गर्नेछ । अर्थमन्त्रीको प्रस्तावमा उक्त सिफारिसमा परेका तीनजनामध्ये एकजनालाई मन्त्रिपरिषदले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार २०:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया