‘बेरोजगार नबसौँ उद्यमी बनौँ, पुँजी चाहिए राष्ट्र बैंकलाई भनौँ’


राष्ट्रिय वाणिज्य बैंक ५९ औँ वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते स्थापना भएको बैंकले स्थापना दिवसको अवसर पारेर आज प्रभात फेरी निकालेको छ। 

शनिबार वित्तीय साक्षरता तथा वित्तीय सचेतनाका लागी भद्रकालीबाट प्रभात फेरी सुरु गरी भूगोलपार्क,जमल,कमलादी,पुतलीसडक हुँदै पदमोदय मोड हुँदै केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा पुगेको थियो । 

बाजागाजा सहित निकालिएको र्‍यालीमा ‘बेरोजगार नबसौँ उद्यमी बनौँ,पुँजी चाहिए राष्ट्र बैंकलाई भनौँ’, ‘सागर बग्छ थोपा–थोपा जम्मा भई पानी,एक–एक पैसाबाटै जुट्छ लाखौंको लगानी’, ‘बैंकिङ सेवाको सर्वत्र विस्तार,आर्थिक विकासको मूल आधार’, ‘कमाइ भन्दा खर्च बढी,डुब्यो मान्छे ऋणमा गडी’, ‘ऋणको सदुपयोग गरौँ,समयमा साँवा व्याज तिरौँ’ लगायतका विभिन्न दर्जन बढी नारा लेखिएको प्लेकार्ड बोकेर प्रभातफेरीमा कर्मचारी उपस्थित थिए ।   

२०२२ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुँदै आएको छ ।





 

  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १२:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया