Mon, 22 Jul, 2019


एसइईको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति गठन
फरकधार / चैत १४, २०७५

काठमाडौं– प्रदेश २ मा एसइई परीक्षाअन्तर्गत बिहीबारको विज्ञान विषयको प्रश्नपत्र परीक्षाअघि नै बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले पाँच सदस्यीय छानबिन समिति गठन गर्ने भएको छ । 



बोर्डसदस्य अमुदा श्रेष्ठको अध्यक्षतामा बोर्डले पाँच सदस्यीय छानबिन समिति गठन गर्ने भएको हो । 

प्रदेश २ मा बिहीबारको विज्ञान विषयको परीक्षा रद्द गर्दै बोर्डको बैठकले सो परीक्षा आगामी चैत २२ गते तत्तत् केन्द्रमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्