भारतमा बढे कोरोना संक्रमित, नेपालमा खतरा

भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । 

मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा कोभिड–१९ का ६ जना बिरामीको मृत्यु पनि भएको छ ।
मृत्यु हुनेमा केरलाका चार, महाराष्ट्र र उत्तर प्रदेशका एक–एक जना  छन् । गत वर्षको डिसेम्बर ५ सम्ममा कोभिड–१९ का संक्रमितको संख्या दैनिक घट्दो क्रममा थियो । 

तर, भाइरसको नयाँ सबफर्म जेएन.१ र जाडो मौसमका कारण संक्रमितको संख्या पुनः बढ्न थालेको भारतीय अधिकारीहरुले बताएका छन् ।

आधिकारिक स्रोतहरूका अनुसार डिसेम्बर ५ पछि संक्रमण दर बढेको हो ।डिसेम्बर ३१ को एकै दिनमा सबैभन्दा बढी ८ सय ४१ नयाँ बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

अहिले पनि कोरोनाबाट बिरामी भइ उपचार गराइरहेका करिब ९२ प्रतिशत बिरामी घरमै आइसोलेसनमा छन् । 
भारतमा सन् २०२० को सुरुवातदेखि पछिल्ला चार वर्षमा देशभर ४.५ करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५.३ लाखभन्दा बढीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार हालसम्म संक्रमणबाट निको हुनेको संख्या ४.४ करोड नाघेको छ भने राष्ट्रिय संक्रमणबाट निको हुनेको दर ९८.८१ प्रतिशत रहेको छ । 



मन्त्रालयका अनुसार भारतमा एन्टि–कोभिड खोप अभियानअन्तर्गत हालसम्म २२०.६७ करोड भन्दा बढी डोजहरू दिइएको छ ।

जबजब भारतमा कोरोना संक्रमणको दर बढ्छ, त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने गरेको छ । खुला सिमाना र रोजगारीका लागि नेपालबाट भारत जाने मात्रै होइन, भारतबाट नेपाल आउनेको संख्या पनि उल्लेख्य रहँदै आएको छ । 



त्यसैले भारतमा कोरोना संक्रमण बढ्दा त्यसले नेपालमा पनि प्रत्यक्ष असर पार्ने गरेको छ ।  
 

  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार २२:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया