तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर

आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।  

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मंगलबार राति  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशका तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार ७:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया