प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित, कोशी प्रदेशको लगातार सातौं हार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । कोशीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।  

उसका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका उनले ६ चौका र २ छक्काको मद्दतमा अविजित ५० रनको पारी खेलेका हुन् । यस्तै, विपिन शाहीले २८, हिमांशु शाहीले अविजित २४, निश्चल रावलले २१ र कप्तान रवीन्द्र शाहीले १२ रनको योगदान दिए । कोशी प्रदेशका लागि हेमन्त राईले तीन र कमल खत्रीले एक विकेट लिए । 

त्यसअघि मुलपानी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ३४.३ ओभरमा १ सय ५१ रनमा अलआउट भयो ।

उसका लागि सुजन थपलियाले ७३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रन बनाए । यस्तै, सौजन घिमिरेले १२ र आशिष भट्टराईले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

कर्णालीका लागि दिनेश अधिकारीले चार, प्रकाश जैशीले तीन र दिवान पुनले दुई विकेट लिए । जारी प्रतियोगितामा कर्णालीको यो तेस्रो जित हो । उसले ६ खेल खेल्दा तीनमा जित र तीन खेलका हार बेहोरेको छ ।



पाँचौं स्थानमा उक्लिएको कर्णालीले ६ खेलबाट ६ अंक जोडेको । कोशीले भने ८ म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन । ऊ तालिकाको पुछारमा रहेको छ । 



  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार १४:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया