भेनेजुएलामा बिजुली ठप्प, पानीको हाहाकार

भेनेजुएला– दक्षिणी अमेरिकी देश भेनेजुएला फेरि बिजुली संकटको चपेटामा परेको छ । देशको ९१ प्रतिशत क्षेत्रमा बिजुली नहुँदा स्कुल, कार्यालय, कारखाना सबै बन्द भएका छन् । 

बिजुली आपूति नहुँदा पानीको पम्प पनि ठप्प भएका छन् । मानिसहरु पानी खोज्दै भौतारिन थालेका छन् । 

शहरको पहाडी इलाकाबाट पानी भरेर ल्याउनु परिरहेको छ, पानीका बोत्तल खोज्न पसल–पसल भौतारिरहनु परेको छ । 

राष्ट्रपति निकोलस मदुरोले स्कुल, कार्यालय र कारखाना केही समयका लागि बन्द रहने बताएका छन । कर्मचारीहरु बिजुली आपूर्तिका लागि जुटिरहेका छन । कामकाज ठप्प हुँदा राजधानी काराकासका सडक सुनसान देखिएका छन । 

भेनेजुएलामा अन्तिमपटक ब्ल्याक आउट मार्च ७ बाट सुरु भएको थियो । पानीको पम्प ठप्प हुँदा मानिसहरु धेरै चिन्तित भएका छन् । तर एक हप्तापछि सरकारले बिजुली संकट टार्ने र पानीको सहज आपूर्ति गर्ने आश्वासन दिएको छ । 

तेलभन्दा महंगो पानी 



भेनेजुएला लामो समयदेखि आर्थिक मन्दीसँग जुधिरहेको छ। यो विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता पनि हो । यहाँ पानीभन्दा तेल सस्तो छ । ग्लोबल पेट्रोल प्राइज डटकमका अनुसार यतिबेला भेनेजुएलामा तेलभन्दा पानीको मूल्य कैयौं गुणा वृद्धि भएको छ । 

आर्थिक संकटले ग्रस्त भइरहेको भेनेजुएलामा राजनीतिक संकट पनि उस्तै छ । विपक्षी पार्टीले अर्थतन्त्र ह्रास ल्याएको र शक्ति दुरुपयोग गरेको भन्दै मदुरोलाई कुर्सी खाली गर्न माग गर्दै आएको छ । 



  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार ९:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया