विप्लवका दुई कार्यकर्ता नगरकोटबाट पक्राउ

भक्तपुर– नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ । 

काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । 

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडाैं घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ । 

पक्राउ परेका दुवैलाई हिजो भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १०:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया