३ सेकेन्डले जागिर गयाे किम जङ उनका फोटोग्राफरकाे

उत्तर कोरिया–उत्तर कोरियाका तानाशाह किम जङ उनले आफ्ना निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन । ३ सेकेन्ड किमको बाटो ब्लक गरेपछि उनलाई जागिरबाट निकालिएको हो । 

किम जङ उन नागरिकहरुसँग कुरा गरिरहेका थिए, त्यही समयमा फोटोग्राफर तस्बिर लिन उनको अगाडि गए । यसमा करिब ३ सेकेन्ड फोटोग्राफर किमको अगाडि थिए । 

स्थानीय सञ्चारमाध्यमका अनुसार फोटोग्राफरको नाम ‘री’ थियो । रीले फोटो खिचेको एंगलले किमको टाउको पनि कभर गरेको थियो । फोटोग्राफीको लागि रीलाई दुई मिटरसम्मको प्रतिबन्ध लगाइएको थियो । उनले उक्त नियमको उल्लंघन गरेको आरोपमा जागिरबाट निकालिएको हो ।

रीले पछिल्लो महिना भियतनाममा डोनाल्ड ट्रम्प र किमको शिखर वार्ताको तस्बिर पनि खिचेका थिए । 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १०:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया