मुगुमा भाइरल ज्वरोबाट तीन जनाको मृत्यु

मुगुको सोरुगाँउपाली–६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।

भाइरल ज्वरोले सोरुगाँउपालिका–६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका–६ जिमा गाउँका कर्णजित बुमीले जानकारी दिए । 

जिल्लाका पुरुमुरु, जिमा, भिई,नार्थपु,सिप,ख्याल्च,वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।

गाउँघर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको बुमीले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए । 

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार चिकित्सकसहितको टोलीबाट  सोरुगाँउपालिका,पुरुमुरु र जिमा गाउँका १ सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ । 

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । उनका अनुसार तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खानामा अरुचि हुने, कमजोर महसुस हुने भाइरल ज्वरोका लक्षण हुन् । रासस





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १३:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया