राष्ट्रिय सभा सदस्य निर्वाचन : काेशी प्रदेशमा मतगणना सुरु

काेशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि भएको निर्वाचनकाे  मतगणना विराटनगरमा सुरु भएको हो ।

कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ जना गरी ३६७ जना मतदाता थिए । निर्वाचनमा ३६४ मत खसेको थियाे । तीनजना प्रमुखहरु मतदानमा अनुपस्थित रहे । 

निर्वाचनमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी भएनन् । 

साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि फरार छन् भने गच्छदार बुधबार अचानक बेहोस भएपछि उपचाररत छन् । धरानका प्रमुख साम्पाङले भने निर्वाचन बहिस्कार गरेका हुन् । 

अहिले महिलातर्फको मतगणना सुरु भएको र केही बेरपछि खुलातर्फको मतगणना आरम्भ हुने बताइएको छ । 





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १६:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया