लुम्बिनीमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत लुम्बिनी प्रदेशकाे नतिजा सार्वजनिक भएकाे छ । लुम्बिनीमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् भने अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् ।  

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी हुन् । 

अन्यतर्फ रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जिसीलाई पराजित गरेका हुन् । यसकाे मत परिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ । 

लुम्बिनी प्रदेशमा ३०५ जना मतदाता रहेकोमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको थियाे । स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो । १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । 





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १७:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया