सुदूरपश्चिम प्रदेश : सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै उनीहरू विजयी भएका हुन् ।

महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका छन् । 

प्रदेशसभातर्फ महिलातर्फकी उम्मेदवार चन्दले ४१ मत पाइन् भने स्थानीय तहतर्फ १२० मत पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी सावित्रादेवी घिमिरेले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ५२ मत प्राप्त गरेकी छन् ।

अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्टले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ १२१ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले प्रदेशसभाको ११ मत र स्थानीय तहतर्फ ५२ मत पाए ।

अन्यतर्फ विजयी भएका कांग्रेसका बोहराले प्रदेशसभातर्फ ३९ मत पाए भने स्थानीय तहतर्फ ११९ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरीप्रसाद खरेलले प्रदेशसभाको १३ मत र स्थानीय तहतर्फ ५३ मत पाए ।

प्रदेशसभाको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ कायम गरिएको छ । योअनुसार महिलातर्फ विजयी भएकी माओवादीकी चन्दले प्रदेशसभातर्फ २१७३ र स्थानीय तहतर्फ २२८० गरेर ४४५३ कुल मतभार पाएकी छन् । एमालेकी घिमिरेले प्रदेशभाको ५८३ र स्थानीय तहतर्फ ९८८ गरेर १५७१ मतभार प्राप्त गरिन् ।



अन्यतर्फका बोहराले प्रदेशसभातर्फ २०६७ र स्थानीय तहतर्फको २२६१ गरेर ४३२८ मतभार पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका खरेलले प्रदेशसभातर्फ ६८९ र स्थानीय तहतर्फ १००७ गरेर १६९६ मतभार पाए ।

आपांगतातर्फ कांग्रेसका भट्टले प्रदेशसभातर्फ २१२० र स्थानीय तहतर्फ २२९९ गरि ४४१९ मतभार ल्याउँदा एमालेका जोशीले प्रदेशसभातर्फ ५८३ र स्थानीय तहको ९८८ गरेर १५७१ मतभार प्राप्त गरे ।



प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १७५ जना प्रमुख-उपप्रमुख मध्ये १७३ जनाले मतदान गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट दुई मत क्रस भएर एमालेका उम्मेदवारलाई परेको पाइएको छ ।

  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १८:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया