आइपिएल विवादः एम्पायरको एउटा निर्णयले ‘हार्यो’ आरसिबी, रिसाए कोहली

एजेन्सी— इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई ६ रनले हरायो । आरसिबीलाई अन्तिम बलमा जितका लागि ७ रन बनाउनु पर्ने थियो । क्रिजमा रहेका ब्याट्सम्यानले अन्तिम ओभरका पाँच बलमा १० रन बनाएका थिए । मुम्बईका लागि मलिंगाले बलिङ गरिरहेका थिए । आरसिबीका शिवम दुबे स्ट्राइकमा थिए । 

त्यो बेलमा दुबेले छक्का प्रहार गरेको भए खेल बराबरीमा सकिने थियो । तर, उनले त्यसलाई छक्का प्रहार गर्न सकेनन् । आरसिबी पराजित भयो । तर, जब मलिंगाको आखिरी बलको रिप्ले देखाइयो, त्यसपछि यसले विवादको रुप लियो । किनकि त्यो अन्तिम बल नो बल थियो । तर, एम्पायरले त्यो देखेनन् ।

यसले आरसिबीका कप्तान विराट कोहलीलाई रिस उठाइदियो । उनले एम्पायरको यो निर्णयविरुद्ध निराशा जनाए । उनी कति रिसाएका थिए भने उनी अन्य खेलाडीसँग समेत हात मिलाउन चाहँदैनथे । ‘हामी आइपिएल खेलिरहेका छौँ, कुनै क्लब क्रिकेट होइन,’ विराटले भने, ‘एम्पायरको यो निर्णय अत्यन्त खराब थियो । आइपिएलमा एम्पायरले आफ्नो आँखा खोलेर राख्र्नु पर्छ ।’

 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १२:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया