देशमा केही भएन भन्नेको पछि लाग्नु गलत, धेरै परिवर्तन भएको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र होइन अवस्थामा पनि परिवर्तन आएको बताएका छन् । कांग्रेस स्थापना दिवसका अवसरमा बागमती प्रदेश कांग्रेसले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएको सिंहले बताए ।

उनले केही भएन भन्ने हौवाको पछि नलाग्न पनि आग्रह गरे । अहिले राजनीतिक व्यवस्था बदलियो अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको खण्डन गरेका हुन् । ‘०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएको छैन, अवस्था पनि फेरिएको छ । ०४६ अघि के थियो ? शिक्षा, स्वास्थ्य विकासको क्षेत्रमा अहिले के छ ? त्यो पनि हेरौं न ?’ सिंहले भने ।

त्यस्तै उनले असहज अवस्थामा मिलेका दलहरूबिचको एकता थप बलियो बनाउनुपर्नेमा पनि जोड दिए । कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदै सिंहले विजेताहरूलाई कार्यकाल सफलताको शुभकामना पनि दिए ।

उनले अरू दलले गर्न नसकेको काम कांग्रेस नेतृत्वमा भएको स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिको अभियानको नेतृत्व गर्नुपर्नेमा सिंहको जोड थियो । 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १४:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया