प्रयोगमा आएनन् प्रदेश सरकारले बनाएका नमुना बस्ती

कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमुना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् । 

विसं २०७८ को बाढीपहिराले रास्कोटका जोखिममा परेका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमुना बस्ती निर्माण गरेको थियो । 

नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरु आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । विसं २०७७–७८ मा बाढीपहिराबाट पीडितका लागि प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्याए पनि बाढीपहिरो पीडित पुरानै जोखिमका घरमा बसिरहेका छन् । 


पहिराले पूर्णरुपमा क्षति पुर्याएका ७३ परिवारका लागि आवास बनाइएकामा अहिले उक्त बस्तीमा १६ परिवार मात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ । 

रास्कोट–१, ३ र ७ का बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले पाँच करोड बजेट छुटाएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । 

‘एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो, तर त्यो सफल हुन सकेन, उनले भने, ‘खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मान्नुभएको छैन ।’





  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार १५:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया