शीतलहर र हुस्सुका कारण तराईको जनजीवन कष्टकर, काठमाडौंमा यो वर्षकै बढी चिसो
फाइल तस्बिर

आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर परेको छ । झन्डै एक महिनादेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईमा परेको शीतलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ ।  

मौसम पूर्वानुमान महाशाखाको अनुसार तराईमा अझै केही दिन बाक्लो हुस्सु हट्ने छैन । यता देशभर चिसो बढ्ने क्रम रोकिएको छैन । उपत्यकामा पनि चिसो बढ्दो छ । आज (आइतबार बिहान साढे ६ बजे) काठमाडौंको न्यूनतम् तापक्रम १ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ ।

आज उपत्यकाको तापक्रम शनिबारको तुलनामा घटेको हो । महाशाखाको अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार ७:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया