कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कोइराला

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त  गर्ने निर्णय गरेको छ ।  

बैठकले मे २९ का दिन ‘सगरमाथा दिवस’ मनाउने निर्णय गरेको पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले जानकारी दिए । 

प्रदेशस्तरीय अनुगमन तथा मूल्यांकन दिग्दर्शन २०८० स्वीकृत गर्नाका साथै प्रदेश योजना आयोगबाट अद्यावधिक प्रदेश पाश्र्वचित्र स्वीकृत गरी सार्वजनिक गर्ने गरेको उनले जानकारी दिए । 

यसैगरी, बैठकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका र मेक्सिकोको सिताकुयरो नगरबीच भगिनी सम्बन्ध कायम गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री उप्रेतीले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार २३:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया