संसदीय दलको नेता परिवर्तनको निर्णय सच्याउन निर्देशन

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा, संसदीय दलको नेता परिवर्तन गरिएको निर्णय सच्याउन निर्देशन दिएको छ । 

सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिबार बसेको प्रदेश समितिका उपलब्ध पदाधिकारी बैठकपछि सार्वजनिक गरिएको परिपत्रमा पार्टी परम्परा, विधि, विपरीत केन्द्रीय कार्यालयको निर्देशन समेतको अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजगता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको निर्णय अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको उल्लेख छ ।  

नौवटै जिल्लाका इन्चार्ज–संयोजकको नाममा सार्वजनिक गरिएको परिपत्रमा दलका नेता खगराज भट्टको जानकारीविना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दल नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

सुदूरपश्चिम प्रदेशसभा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका असन्तुष्ट बहुमत (छजना) सदस्यको बैठकले दुई दिनअघि दलको नेता परिवर्तन गर्दै मानबहादुर धामीलाई नेता चयन गरेका थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलित छ ।  त्रिपन्न सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ११ सदस्य छन् ।





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार २१:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया