लगानी सम्मेलनः टोकन अफ लभ नै लिएनन् उद्योगमन्त्रीले

काठमाडौं– लगानी सम्मेलनको आयोजकले कार्यक्रमका वक्ताहरुलाई हरेक सेसनको अन्त्यपछि उपहार दिने गरेको छ । तर, त्यही उपहार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले अस्वीकार गरिदिएका छन् । 

सत्रको अन्तिममा लगानी बोर्डले सहभागीहरुलाई टोकन अफ लभ वितरण गरेको थियो । तर, उद्योगमन्त्री मात्रिका यादवले त्यसलाई लिन मानेनन् । उद्योगमन्त्री यादव सहभागी भएको सत्रमा मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सूर्य नेपालका कार्यकारी निर्देशक अभिमन्यू पोद्दार, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्इक्ष सु गाङ वक्ताका रुपमा थिए । पन्चकन्या ग्रुपका प्रदीप कुमार श्रेष्ठले यो सत्रको सहजीकरण गरेका थिए । 

सत्र सकिएपछि सहभागीहरुलाई एनआरएनका अध्यक्ष भवन भट्टले उपहार दिएका थिए । अरु सबै वक्ताले उपहार लिए पनि यादवले लिएनन् । 

त्यसो त आज उद्घाटन भएको सम्मेलनमा यादवलाई अगाडि पट्टी बस्ने सिट नछुटाइएकाले उनी आक्रोशित बनेका थिए । 
 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १८:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया