एनसेलको सेयर खरिदबिक्री छानबिन समितिले बुझायो प्रतिवेदन

आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । डेढ महिना लगाएर तयार पारेको प्रतिवेदन समितिले सोमबार प्रधानमन्त्री दाहाललाई बुझाएको हो । 

गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । 

मलेसियन टेलिकम कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर नेपाली मूलका बेलायती नागरिक सतीशलाल आचार्यको नाममा दर्ता रहेको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको थियो । 

खरिद बिक्रीमा अनियमितता भएको भन्दै अनुसन्धान गर्न सरकारमाथि चौतर्फी दबाब आएको थियो । खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो ।





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १९:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया