तराईमा हुस्सु र कुहिरो, पहाडमा हल्का वर्षा र हिमपातको सम्भावना

बिहीबार बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

पहाडी भू–भागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । 





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ६:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया