चिलीमा भीषण आगलागी : मृतकको संख्या १२२ पुग्यो, हजारौं मानिस घाइते

चिलीमा भीषण आगलागीका कारण १२२ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । जंगलमा भएको आगलागी मानव वस्तीमा सल्किएर हजारौं घरहरूमा क्षति पुगेको छ भने हजारौँको संख्यामा मानिस घाइते भएका छन् ।

स्थिति नियन्त्रणबाहिर हुँदै गएपछि संकटकाल घोषणा गरिएको छ । चिलीको राष्ट्रिय प्रकोप रोकथाम र प्रतिक्रिया सेवाका अनुसार आगलागीमा परेर सोमबारसम्म कम्तीमा १२२ जनाको मृत्यु भइसकेको छ । अझै धेरैको ज्यान गएको हुन सक्ने उसको अनुमान छ । 

आगलागीले भयावह स्थिति सिर्जना गरेपछि राष्ट्रपति गेब्रियल बोरिकले आगलागी भएको क्षेत्र भल्पराइसो र भिना डेल मार लगायतका तटीय क्षेत्रलाई आपतकालीन संकटग्रस्त क्षेत्र घोषणा गरेका छन् । त्यो क्षेत्रमा चार वटा ठूलो ज्वालाहरू जलेको र अग्निनियन्त्रकहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा पुग्न संघर्ष गर्दा आगलागीबाट मर्नेहरूको संख्या झन् धेरै बढेको जनाइएको छ । 

राष्ट्रपति बोरिकले चिलीबासीलाई उद्धारकर्मीहरूलाई सहयोग गर्न अपिल गरेका छन् । तापक्रप उच्च भएका कारण आगलागी तीब्र गतिमा फैलिएको जनाइएको छ । 

आगलागी पीडितको सम्झनामा चिली सरकारले सोमबार र मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।  





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार १०:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया