पाकिस्तानमा आतंकवादी हमला : १० प्रहरीको मृत्यु, ६ जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

अज्ञात आतंककारीहरूको समूहले डेरा इस्माइल खान जिल्लाको चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेर आक्रमण गरेको प्रहरी स्रोतले बताएको हो ।

आक्रमणलगत्तै प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पतालमा लगेका थिए । मृत्यु हुनेमा आमचुनाव अघि आक्रमण बढेपछि सो क्षेत्रमा खटिएका स्वाबी जिल्लाका इलाइट फोर्स अफ पुलिसका ६ जना अधिकारी रहेका छन् ।

प्रहरी र सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएका थिए । प्रहरीले उक्त क्षेत्रमा जाने सबै सडक सिल गरी खोजी अभियान सुरु गरिएको जनाएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । 





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार १३:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया