गाजा युद्ध समाधानका लागि इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ । मंगलबार गाजामा द्वन्द्व अन्त्य गर्न र प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुर्‍याउने प्रयासहरूबारे छलफल भएको हो ।  

इजरायल र हमासबीचको युद्धविरामलाई सुदृढ गर्न क्षेत्रीय भ्रमणको एक भागको रूपमा काइरो आइपुगेका ब्लिन्केनले इजिप्टसँगको रणनीतिक साझेदारी र यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने भूमिकाका लागि अमेरिकी समर्थन पनि व्यक्त गरे ।

इजिप्टका विदेशमन्त्री समेह शौकरी र गुप्तचर प्रमुख अब्बास कामेल बैठकमा उपस्थित थिए । ब्लिन्केनले इजिप्टको क्षेत्रमा स्थायित्व प्रवर्द्धन गर्ने प्रयासको प्रशंसा गर्दै गाजामा जारी द्वन्द्वलाई विस्तार हुन नदिन इजिप्टसँग निरन्तर समन्वय गर्न इच्छुक रहेको बताए । 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार ११:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया