फिलिपिन्समा पहिरो : ४५ को सकुशल उद्धार, ४१ जनाको खोजी कार्य जारी

फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मंगलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।

२८ जनवरीदेखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब ८ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।

सेनाको पूर्वी कमाण्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलका अनुसार उक्त क्षेत्रमा रहेको एक खानी कम्पनीका थप ४१ जना कर्मचारी अझै बेपत्ता छन् । म्यानुएलका अनुसार ४५ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई तत्काल हवाई मार्ग हुँदै उपचारका लागि पठाउने तयारी भइरहेको छ ।  

प्रान्तीय प्रकोप रोकथाम एजेन्सीका एड मकापिलीले रेडियो अन्तर्वार्तामा जनाएअनुसार बुधबार बिहानै पहिरोमा परेकाहरूको उद्धार कार्य पुनः सुरु गरिएको छ । दाभाओ दि ओरो प्रान्तको तटीय खानी सहर माकोको एउटा खानीस्थल नजिकै स्थानीय समयअनुसार मंगलबार साँझ ७ः५० बजे पहिरो गएको थियो ।

गत २८ जनवरीदेखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब ८ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १२:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया