क्यानडाविरुद्ध नेपालको १०० रन पूरा, भीम–कुशल क्रिजमा
फाइल तस्बिर

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले एक सय रन पूरा गरेको छ । नेपालले १९ ओभरमा तीन विकेट गुमाएर एक सय रन पूरा गरेको हो । 

नेपालले एक सय रन बनाउँदा विकेटकिपर आसिफ शेख, कप्तान रोहितकुमार पौडेललाई ८/८ तथा कुशल भर्तेललाई ६२ रनमा गुमायो । रोहित १४.३ ओभरमा तथा आसिफ शेख ९.१ ओभरमा क्याच आउट भए । 

अर्का ओपनिङ ब्याटर कुशल भुर्तेल १८.३ ओभरमा ​पवेलियन फर्किए । एकदिवसीय करियरमा भुर्तेलको यो सातौं अर्धशतक हो ।  

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज दुई खेलाडीलाई डेब्यूको मौका दिएको छ । नेपालले क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकाललाई डेब्यूको मौका दिएको हो । यी दुवै खेलाडीले हालै सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

बायाँ हाते स्पिनर सूर्यले ९ खेलमा ३० विकेट तथा बायाँ हाते तीव्र गतिका बलर रिजनले ९ खेलमा १५ विकेट लिएका थिए । उनीहरू दुवैले बागमती प्रदेशको टिमबाट पिएम कप खेलेका थिए । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ११:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया