क्यानडाविरुद्ध दबाबमा नेपाल, कुशलले पनि खेल्न सकेनन् ठूलो पारी
फाइल तस्बिर

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले पाँचौं विकेटको रूपमा कुशल मल्लाई गुमाएको हो । उनी छक्का प्रहार गर्ने धुनमा २९.३ ओभरमा २० रनमा क्याच आउट भए ।  

नेपालले चाैथो विकेटको रूपमा भीम सार्कीलाई गुमायो । उनी २२.३ ओभरमा व्यक्तिगत १७ रनमा आउट भए । नेपालले तेस्रो विकेटको रूपमा ओपनिङ ब्याटर कुशल भुर्तेललाई गुमाउन पुग्यो । उनी १८.३ ओभरमा क्यानेडियन कप्तान सादबिन जाफरको बलमा आउट भए ।  

कुशलले आज ५८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ६२ रनको पारी खेले । त्यसअघि नेपालले विकेटकिपर आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई ८/८ रनमा गुमायो । रोहित १४.३ ओभरमा तथा आसिफ शेख ९.१ ओभरमा क्याच आउट भए ।  

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म ३० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन बनाएको छ । नेपालले आज दुई खेलाडीलाई डेब्यूको मौका दिएको छ । नेपालले क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकाललाई डेब्यूको मौका दिएको हो । यी दुवै खेलाडीले हालै सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

बायाँ हाते स्पिनर सूर्यले ९ खेलमा ३० विकेट तथा बायाँ हाते तीव्र गतिका बलर रिजनले ९ खेलमा १५ विकेट लिएका थिए । उनीहरू दुवैले बागमती प्रदेशको टिमबाट पिएम कप खेलेका थिए । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ११:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया