कमल थापाको एजेण्डा : संविधान र संसदको नियन्त्रणमा राजसंस्था

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन् । 

शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघि जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई संविधान र संसदको नियन्त्रणमा रहि राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यवस्थाको कल्पना गरेको बताएका हुन् । 

उनले भने,‘संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ । हामीले कल्पना गरेको प्रजातान्त्रिक व्यस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्र कुरा गरेको होइनौँ ।’

उनले देशमा ठूलो संख्यामा गणतन्त्र चाहने मानिस रहेकाले गणतन्त्रवादीलाई र परिवर्तनकारीलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको चाहेको बताए । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेको हुनाले निरंकुश हुने अथवा कार्यकारी हुने भन्ने प्रश्न नै नआउने उनको भनाइ छ । 





  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार १५:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया