एनसेल सेयर खरिद प्रकरण : सरकारले किन लुकायो छानबिन समितिको प्रतिवेदन ?

एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो । 

समिति बैठकमा सरकारलाई निर्देशन दिँदै समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौतालगायत सबै कार्य आजका मितिदेखि खारेज गर्न नेपाल सरकारलाई निर्देशन पनि दिए । उनले सम्झौता कार्यमा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिए । 

उनले युनिस्कोको मापदण्ड कानुनी प्रक्रियाअनुसार मात्रै कार्य प्रारम्भ गर्ने र मापदण्डविपरीत भएका क्षेत्रहरुको थप अनुसन्धान गर्न सरकारलाई आग्रह गरे । रामग्राम क्षेत्रमा जग्गा अधिग्रहण गर्नका लागि बजेट व्यवस्थापन गर्न समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।  





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार २२:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया