[भेनेजुएला] विपक्षी नेता गाेइदाेलाई १५ वर्षकाे प्रतिबन्ध

एजेन्सी– भेनेज़ुएलाका राष्ट्रपति निकोलस मदुरोकाे सरकारले विपक्षी नेता जुआन गाेइदोलाई 15 वर्षसम्मका लागि प्रतिबन्ध लगाएकाे छ । याे अवधिमा गाेइदाेले कुनै पनि सरकारी पद सम्हाल्न पाउँदैनन् । 

मदुराेका सहयाेगी एवं सरकार नियन्त्रक एल्विस अमाेराेसाेले याे आदेशकाे बारेमा सार्वजनिक घाेषणा गरेका थिए । गाेइदाेले आफ्नाे सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेकाे आराेप अमाेराेसाेले लगाएका छन् । यसकारण गाेइदाेलाई प्रतिबन्ध लगाएकाे स्पष्टिकरण उनले दिए । 

भेनेजुएलाका नेशनल एसेम्बलीका अध्यक्ष गाेइदाेले याे वर्ष जनवरीमा आफूलाई अन्तरिम राष्ट्रपति घाेषणा गरेका थिए । साथै उनले मदुराेकाे राष्ट्रपति पद अवैधानिक भएकाे आराेप लगाएका थिए । 

गाेइदाेलाई अमेरिका र युराेपका देशहरुकाे समर्थन छ । मदुराेकाे सरकारलाई रुस र चीनले सहयाेग गरिरहेका छन् । रुसले आफ्ना सैनिक मदुराे सरकारकाे सहयाेगका लागि भेनेजुएला पठाएका छन् । 





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १०:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया