कलेजमा ‘माफिया’ लेख्ने १० नेवि संघ कार्यकर्तालाई प्रहरीले पक्रियो [भिडियोसहित]

काठमाडौं– पोखरा विश्वविद्यालयअन्तर्गत केही कलेजले नियमविपरीत विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षाबाट वञ्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विरोधस्वरुप विभिन्न कलेजमा कालो ब्यानर राख्दै ‘माफिया’ लेखेका नेवि संघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीसहित १० जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । रत्नराज्य स्कुल अगाडिको सडकबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई टेकु पुर्याएको छ ।

एपेक्स, एस, राजधानी, युनिग्लोबलगायत कलेजमा उनीहरुले कालो ब्यानर राख्दै माफिया लेखेका थिए । 

नियमविपरीत क्याम्पसले भर्ना लिएका ३९१ विद्यार्थीको परीक्षा पोखरा विश्वविद्यालयले नलिने भएकाले ती विद्यार्थी अलपत्र परेकाले विरोधमा उत्रिनुपरेको त्रिपाठीले बताएका छन् । 





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार ११:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया