आमाकै अनुमतिमा ३ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार, आमासहित ३ पक्राउ

आफ्नै ३ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षीया महिलासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

भारतको दक्षिणी राज्य तमिलनाडुको तिरुभलुर प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । 

छोरीसहित प्रेमीलाई भेट्न आन्ध्र प्रदेश पुगेकी ती महिलाकै अनुमतिमा छोरीमाथि १० दिनसम्म यौन शोषण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

मार्च १४ देखि छोरीसहित सम्पर्कविहिन भएपछि श्रीमान्ले श्रीमती र छोरी दुवै हराएको उजुरी प्रहरीमा गरेका थिए । प्रहरीले खोजतलास गर्दा उनीहरु माइतीमा पनि भेटिएनन् । 

हराएको १२ दिनपछि मार्च २६ मा छाेरीसहित घर फर्केकी थिइन् । घर आएको दुई दिनपछि छोरी बिरामी भएर उनीहरुले उपचार गर्न अस्पताल भर्ना गरेका थिए । डाक्टरहरुले उपचारको क्रममा बालिकामाथि यौन दुर्व्यवहार भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले सोधपुछ गर्दा आफ्ना ३२ वर्षीय प्रेमी शिवलाई भेट्न गएको बयान उनले दिएकी थिइन् । प्रेमी र उनका साथीले छोरीमाथि दुर्व्यवहार गरेको उनले स्वीकारेकी छिन् । 





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १२:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया