त्रिविको आमसञ्चार केन्द्रीय विभागको समुद्घाटन (तस्बिरहरूसहित)

त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतिका लागि विश्व विद्यालय सधैँ तत्पर रहेको बताएका छन् । 

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको समुद्घाटन समारोहमा उनले भवन प्राप्त भएसँगै विभागलाई चुनौती पनि थपिएको भन्दै यसको स्तर उन्नतिका लागि सबै एकजुट भएर लाग्न आग्रह गरे । 

उनले भने, ‘यो भवन प्राप्त भएसँगै विभागका साथीहरूलाई चुनौती पनि थपिएका छन्, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविको महत्वपूर्ण विभाग हो, यो क्षेत्रको, विश्वमा हुने नयाँ परिवर्तन, विकास, उपलब्धिलाई समेटेर ती प्रवृत्तिलाई देशभित्र व्यवस्थित रूपले अनुसन्धानमा भित्र्याउने काम यो विभागको जिम्मेवारीमा छ । यो विभागको स्तर उन्नति गर्ने दिशामा सबैजना एकध्यान भएर लाग्नेछौँ, त्यसमा विश्वविद्यालयको तर्फबाट गर्नुपर्ने काममा सधैँ तत्पर नै रहन्छ ।’ 

यस्तै, उनले धेरै लामो संघर्षपछि विभागको छुट्टै भवनको निर्माण भएको भन्दै यसबाट अब सहजताको वातावरण निर्माण हुने पनि बताए ।



उनले भने, ‘धेरै लामो संघर्षपछि यो पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको छुट्टै भवनको निर्माण भएको छ । प्राध्यपक, कक्षाकोठाको व्यवस्थापन जस्ता कुरामा अलि खुम्चिएर बस्नुपर्ने अवस्था हामी सबैले भोगेका थियौँ । अहिले त्यो अवस्थाबाट केन्द्रीय विभागले एउटा आफ्नो विशिष्ट सुविधासहितको भवन प्राप्त गरेको छ । यसबाट सहजताको वातावरण निमार्ण हुँदै जान्छ ।’



 

 

  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार १६:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया