कपिलवस्तु बस दुर्घटना : १० मृतकमध्ये ६ जनाको सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिक बस दुर्घटना हुँदा १० जनाको मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।

मृतकमध्ये रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको हो ।  

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपलिकाकाकै १६ वर्षीय सञ्जु थापाको दुर्घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । 

सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खोलामा खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रेफर गरिएको छ ।

अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए ।  





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार ९:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया